Logo

सयपत्री हाइड्रोपावर आईपीओ बिक्री खुला



काठमाण्डौ,साउन १३ ।   सयपत्री हाइड्रोपावरले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । साउन १७ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरे साउन २७ गतेसम्म आवेदन दिने समय थप गरिनेछ ।

आईपीओमा सी–आस्बा सदस्य रहेका सबै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आईएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।

कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता