किशोर श्रेष्ठको ‘सर्भाइभल’ले जित्यो कान्स फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड

काठमाण्डौ, साउन १० । फोटोग्राफर किशोर श्रेष्ठको ‘सर्भाइभल’ले जित्यो कान्स फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड जितेका छन् ।
विश्वभरबाट १ हजारभन्दा बढी चलचित्र मध्ये उक्त डकुमेन्ट्रीले अवार्ड जितेको हो ।
प्रतियोगिताको फाइनलमा ४० वटा चलचित्र छनोटमा परेका थिए । उक्त डकुुमेन्ट्री बेस्ट एक्सपेरिमेन्टल फिल्म अवार्डमा समेत छनोट भएको थियो ।
कोभिड महामारीका बेला नेपालीहरूले भोगेको समस्या र बाँच्नका लागि गरेको संघर्षलाई डकुुमेन्ट्रीमा खिचिएको थियो । साथै, स्वास्थ्य सचेतना र सजगतालाई जोड दिएर फिल्म बनाइएको थियो ।