Logo

मोदीसँग भेट नभए पनि भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेट भयो – प्रचण्ड



काठमाण्डौं,साउन २ । तीन दिने भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्रीसँग नभेटी फर्किएका छन । शुक्रबार दिल्ली गएका प्रचण्ड आइतबार साँझ काठमाडौं फर्किएका हुन ।

अन्तिम समयमा आएर मोदीसँगको भेट रद्द भएको प्रचण्डले बताए । ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग प्रचण्डले भने, ‘होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो ।’

मोदीसँग भेट नभए पनि भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेट भएकाले आफूले तनाव नलिएको प्रचण्डले बताए । प्रचण्डले बीजेपीका अध्यक्ष जेपी नड्डालगायतका नेताहरूसँग भने भेटवार्ता गरेका थिए । भारतमा रहेका बिभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले भारतीय बिदेश बिभागका प्रमुख सँग भेट गरेका छन । दुई देशबिच दुई पार्टीमा नयाँ सम्बन्ध स्थापित गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता