Logo

गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ गर्ने बिद्यार्थी नेता पक्राउ



काठमाण्डौ,साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरेका छन् ।
बिरोधका क्रममा विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको छ । भने केही घाइते भएका छन ।

आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

त्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको थियो ।

अहिले राष्ट्र बैक अगाडि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।अधिकारीको नियुक्ति राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध चर्काएका  छन् ।

सरकारलाई दबाब बढाउने निति अनुरुप यसअघि शुक्रबार नेबिसंघले माइतीघरमा प्रदर्शन गरेको थियाे भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता