भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्कदै
काठमाण्डौं,साउन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आइतबार दिउँसो स्वदेश फर्कदै हुनुहुन्छ । भाजपाका अध्यक्ष भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडाको निमन्त्रणामा शुक्रबार भारत जानु भएको थियो ।
प्रचण्डले भारत भ्रमणमा रहेका बेला विभिन्न कार्यक्रममा भेटघाटमा सहभागी हुनु भयो । उहाँलाई भारतका लागि नेपाली राजदुुत महामहिम शंकर प्रसाद शर्माले नेपाली दूतावासमा स्वागत गर्नुभयो उक्त भेटघाटमा नेपाली काँग्रेसका नेतृ डा. आरजुु राणा देउवा पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्षले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिहरुसँग छोटो अन्तर्क्रिया गर्नुभयो ।
नेपाली समुुदायका प्रतिनिधिहरुले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानुुन खारेज गर्नुपर्ने, प्रवास नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरुलाई सरकारले गर्ने विभेदपुुर्ण व्यवहार सच्याउन पर्ने लगायतका विषयहरु उठाउनु भएको थियो ।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिमा प्रवासको भुुमिका महत्वपुुर्ण रहेको स्मरण गर्दै प्रवासी दिदीबहिनी तथा दाजुुभाइहरुले उठाएका विषयमा आफुूले पहल गर्ने बताउनुभयो । त्यसैगरि अध्यक्ष प्रचण्डले बिहान ११ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरी दुुई देशबीचका दुईपक्षीय हितका विषयमा कुुराकानी गर्नुभयो ।