Logo

अमेरिकामा मे महिनामा ३ लाख ९० हजारलाई रोजगारी,बेरोजगारी दर अपरिवर्तित



काठमाण्डौं,जेठ २१ । अमेरिकामा मे महिनामा ३ लाख ९० हजारले रोजगारी पाएका छन् भने बेरोजगारी दर अपरिवर्तित रहेको छ । रोजगारदाताहरूले मे महिनामा ३९०,००० रोजगारी थपेका छन्।

अपेक्षा आँकडा भन्दा ज्यादा ज्यादा रोजगारी प्रदान गरीएको छ । अमेरिकीहरुले ज्यादा जागिर पाएका छन । पूर्वानुमान अनुसार ३२५,००० देखि ३२८,००० नयाँ जागिर दिईने अपेक्षित आंकडा गरिएको थियो ।

तर बेरोजगारी दर ३.६ प्रतिशतमा अपरिवर्तित रह्यो। कुनै अङ्क तल माथि नभई यथावत नै रहेको छ।

राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारी संख्याले अमेरिकीहरूले मुद्रास्फीतिको सामना गरिरहेको दबाबलाई स्वीकार गर्दै दिगो आर्थिक वृद्धिको बलियो अवधिमा अमेरिका प्रवेश गरिरहेको देखाएको बताए।

बाइडेनले रोजगारी बजार दोस्रो विश्वयुद्धको लगत्तै पछि सबैभन्दा बलियो भएको बताए ।

“हामीले अर्थतन्त्रमा गरेको ठूलो प्रगतिको कारणले गर्दा अमेरिकी जनताले बलियो अवस्थाबाट मुद्रास्फीतिको सामना गर्न सक्छन्, अझै पनि समस्या छ, तर हामी यसलाई बलियो अवस्थाबाट सामना गर्न सक्छौं।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता