Logo

बालेनलाई प्रधानमन्त्री देउवाले भने( ‘तपाईंले त चमत्कार नै गर्नुभयो’



 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।

मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । ‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता