Logo

अ‍मेरिकामा स्नातक समारोहमै चल्यो गोली, १ जनाले गुमाए ज्यान



 

 

एजेन्सी । अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए ।
गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता