Logo

थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई जस्ताको त्यस्तै (खासमा यस्तो भएको रहेछ  !



 

काठमाडौं । कबड्डी(४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

उनीहरूले चलचित्र ‘कबड्डी(४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् ।

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको थियो यसैबीच नेपाल तामाङ घेदुङ, संघिय अध्यक्ष मोहन गोले तामाङ ब्याड टच गरेको भन्दै प्रहरी हिरासतमा पुगेका मुगुका भिक्षु लामा फुर्वा तामाङलाई भेट्न प्रहरी हिरासत विशालबजार पुगेका थिय ्र

वहाँको भनाई अनुसार – म भर्खरै लामा फुर्वा तामाङलाई हिरासतमा राखिएको प्रहरी बृत बिशालबजारमा पुगेर लामलाई पनि भेटे, बृत प्रमुख डिएसपिसंग पनि कुरा गरे ।

लामा फुर्वा तामाङ मुगुका हुन् । उनी १८ वर्षदेखी फर्पिङमा बसेर बौद्ध दर्शनको अध्ययन गरि हाल श्रामणेर भएका रहेछन् । कलाकार दयाहाङ राई आफ्नो मनपर्ने कलाकार भएकोले छुट्टिको बेला फिल्म हेर्न गएको, बाहिर निस्किदा सबैले हिरोनिसंग फोटो खिचेको देखेपछि आफुले पनि सेल्फी फोटो खिच्न लाग्दा पहिलोपटक फोटो हल्लिएर राम्रो आएन ।

दोस्रोपटक मेडम अलिकति यता आउनुस न भनेर मोबाईल मिलाउदै गर्दा पछाडी बाट धक्का लाग्यो र एउटा हातले उहाँको शरीरमा छुन पुग्यो । त्यसपछि गा ली गर्‍यो, थप्प ड मार्‍यो, कान समाते । कहिल्यै त्यस्तो केशमा नपरेको मान्छे भिड देखेपछि केहि हुने हो कि भन्ने डर लाग्यो । बोल्नु खोजे, आवाज आएन । श्वास रोकियो भनेर बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता