Logo

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी, यी क्षेत्रमा धन्यवाद र्‍याली हुँदै



 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

मेयर पदमा विजयी भएको औपचारिक घोषणा भएपछि बालेनका समर्थकहरुले ‘धन्यवाद र्‍याली’ आयोजना गर्ने भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्‍याली शुरु हुने कार्यक्रम तय भएको छ । बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

बालेनको धन्यवाद र्‍याली शनिबार बिहान -स्३_ मा सभागृहबाट शुरु भएर(भद्रकाली(त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)  बबरमहल(बिजुलीबजार ९युएन पार्क(कोरिडोर(शान्तिनगर( तिनकुने(कोटेश्वर(जडिबुटी( पेप्सिकोला (फिर्ता_ – कोटेश्वर (तिनकुने(सिनामंगल – एयरपोर्ट(तिलगंगा( गौशाला(चावहिल(महाराजगञ्ज(सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता