Logo

घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुन चाँदीको भाउ घटेको छ । आज सुन चार सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्‍लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । गत साताको तुलनामा भने आज सुन चाँदीको मूल्य बढेको हो ।

अघिल्लो साताको बिहीबार सुन प्रतितोला ९६ हजार तीन सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता