Logo

एक हप्ता पछि सर्यो पलको मुद्धाको सुनुवाइ



 

काठमाडौं । अभिनेता पल शाह आज समेत रिहा नहुने भएका छन् । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका शाहको मुद्दाको सुनुवाइ बिहीबार समेत स्थगित भएको हो ।

उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।

यस अघि गत वैशाख २८ गते स्थानिय निर्वाचनलाई कारण देखाउँदै सुनुवाइ रोकिएको थियो भने त्यसपछि जेठको पहिलो साता समेत बहस हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता