भारतीय ट्रकले ठक्कर दिँदा एक युवकको निधन

बाँके जेठ ११ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाको निधन भएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । रासस