आजको मौसम : यी स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । प्रदेश(१ र वाग्मती प्रदेशसहित केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश १ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार आज राति देशका उच्च पहाडी भू(भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश(१ का उच्च पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।