Logo

कोरोना, मङ्कीपक्स र युक्रेन युद्ध संसारका लागि कठिन चुनौती : डब्ल्यूएचओले



 

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले विश्व यतिबेला कठिन चुनौतीसँग जुधिरहेको बताएका छन् । हाल विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय भएको उनले बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा डा। टेड्रोस एडनम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न भेला भएका थिए ।

हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मङ्कीपक्सको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता