रुसद्वारा युक्रेनको मारियोपोललाई पूर्ण रुपमा कब्जा

एजेन्सी। रुसले युक्रेनको तटीय सहर मारियोपोललाई महिनौंको युद्धपछि पूर्ण रुपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ ।
रुसका अधिकारीका अनुसार शहरको अजोवस्टल स्टिल प्लान्टमा मारियोपोलमाथि कब्जाका लागि अन्तिम लडाईं चलिरहेको थियो जसमा युक्रेनी सैनिकले आत्मसमर्पण गरेका छन् ।