Logo

रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पछ्याउँदै



 

चितवन । भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता केहि फराकिलो बनाउँदै लगेकी छन् । उनले अहिले २५५ मतको अग्रता बनाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मत पाएका छन् भने दाहालले ६ हजार ९२७ मत पाएकी छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३९१ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ४२८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ५०० मत पाएकी छन् ।

भरतपुर महानगरपालिकामा कूल जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ भने कुल मतदाता संख्या १ लाख ८५ हजार ७५२ रहेको छ । जसमा ८८ हजार ८८४ पुरुष र ९६ हजार ८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता