देउवाद्वारा गौतमबुद्ध विमानस्थलको उद्घाटन,

काठमाडौं जेठ २, । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् ।