Logo

विप्लवले किन पाएनन् मतदान गर्न



 

कपिलवस्तु ,बैसाख ३० । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।
देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता