Logo

माधव नेपालको पार्टी छोडेर एमाले प्रवेश गरे पुण्य गौतम, मञ्चमै ढोगे ओलीको खुट्टा



 

काठमाडौं ,। सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजना भएको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए । ‘हामी जे सोचेर त्यो पार्टीमा गएका थियौं, त्यो भएन’, उनले भने, ‘कांग्रेसको बी टिम जस्तो भएर बस्नु भनेको राजनीतिक आ’त्मह’त्यामात्रै हो ।’

एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको गौतमको भनाइ छ । यद्यपि टुंगो लागिनसकेको उनले बताए । गौतमले २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् । उनले आफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता