Logo

आज मध्यरातिदेखि मदिरा बिक्री वितरण तथा सेवन गर्न नपाउने



 

काठमाडौं । काठमाडौं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि म’दि’रा बिक्री र से’व’न गर्न नपाइने भएको छ ।मौन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि ज’मदि’रा’ज’न्य प’दा’र्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा म’दि’रा बिक्री वितरण तथा से’वनमा रोक लगाइएको हो । जाँ’डर’क्सीलगायत म’दिराज’न्य प’दार्थ से’व’न गरेर शान्ति सुव्यवस्थामा ख’लल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा म’दि’रा से’व’न तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै म’दि’रा बिक्रीमा रोक लगाइसकेका छन् ।

मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । ​

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता