कञ्चनजङ्घा आ रोह णका क्रममा भारतीय नागरिकको निधन

ताप्लेजुङ बैशाख २६, । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आ रोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । मृतकको श व उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए । रासस