Logo

मोटरसाइकल दुर्घटनामा एकको निधन



 

बैशाख २५, रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधनभएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।

 

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको निधन जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता