Logo

डिभीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने



काठमाडौं । शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ ।

नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ । यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ ।

सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो । डिभी भर्ने म्याद अघिल्लो नोभेम्बर ९ मा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता