Logo

नेपालमा फेरि बढ्न सक्छ कोरोना , यी हुन् कारण



 

काठमाडौं बैशाख २४, २०७९ नेपालमा कोरोना को जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना दर घटेको भए पनि छिमेकी मुलुक भारतमा कोरोना दर बढ्दै गएको छ । यसअघि कोरोना कोरोनाका तीन वटै लहरलाई केलाउँदा भारतमा कोरोना दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि कोरोना बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना  भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।

 

नेपालमा पछिल्ला दिनमा दैनिक सरदर १५ जनासम्म संक्रमित पाइएका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढिरहँदा सहरदेखि गाउँसम्म सामूहिक भेटघाट, सभा, सम्मेलन, घरदैलो कार्यक्रम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार ३० वटा जिल्लामा संक्रिय संक्रमित शून्य छ । ‘सक्रिय संक्रमित उपत्यकामा बढी देखिन्छ,’ उनी भन्छन्, ‘धेरै जनघनत्व भएका ठाउँमा संक्रमित देखिन्छ ।’ नेपालमा कोरोना दर निकै कम भए पनि जोखिमको त्रास भने कायम रहेको उनी बताउँछन् ।

उनले भने, ‘छिमेकी मुलुक भारतमा  कोरोना दर बढिरहेको छ । तर नेपालमा अहिले कोरोना हुने दर कम भए पनि जोखिम उच्च छ ।’

नेपालमा जोखिम बढ्नुका कारण

नेपालमा लामो समयदेखि कोरोना दर स्थिर भए पनि दैनिक १० देखि १५ जनामा संक्रमण पुष्टि हुने गरेको छ । भारतमा कोरोना बढ्दै गएको अवस्था एकातिर छ भने भारतमै रोजगारीका लागि रहेका नेपालीहरु स्थानीय तह निर्वाचनमा मतदान गर्न आउनेक्रम बढ्दै जाँदा कोरोनाको जोखिम हुने मन्त्रालयका सहप्रवक्ता डा। अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता