Logo

ताप्लेजुङमा भिषण आगलागी, १६ लाखको क्षतिसहित बङ्गुर जले



 

फुङ्लिङ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताउनुभयो । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बस्नुभएको थियो । उहाँहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।

यो पनि (पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस(सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१० को ९क)  बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता