Logo

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प



 

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६।०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३।७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

यो पनिम्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३(१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो ।

 

पहिलो लेगमा ४(३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका लागि अग्रसर सिटीलाई रोडिग्रोले इन्जुरी समयमा स्तब्ध बनाए ।

ब्राजिलियन सब्सिटिच्युटले खेलको ९० औँ मिनेटमा करिम बेन्जेमाको पासमा गोल गरे भने ९० सेकेण्डपछि मार्को असेन्सियोको पासमा अर्को गोल गर्दै समग्रमा खेल बराबरी गरे । लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल प्रवेश गर्ने आशा बनाइरहेको सिटीलाई अतिरिक्त समयमा थप झट्का लाग्यो । रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टीलाई पायो । जसलाई बेन्जेमाले सहजै गोलमा परिणत गर्दै टोलीको फाइनल यात्रा सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता