Logo

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन  : देउवा



 

काठमाडौं २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस आफूले धोका खाए पनि आफुले कसैलाई पनि धोका नदिने बताएका छन् ।

बुधबार विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैैै प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै देउवाले यस पटक विराटनगर महानगरपालिकाको मेयरको टिकट युवा नेता नागेश कोइरालालाई दिएर न्याय गरेको बताएका छन् ।

नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेस सहितका गठबन्धनका उम्मेदवारले जित्नु पर्ने बताएका उनले सबैले इमान्दार भएर मतदान गर्न समेत देउवाले आग्रह गरेका छन् ।

यो पनि (चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता(काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।

चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठजनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका सङ्गठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन् ।

निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताउनुभयो । यस्तै, अब चाँडै नै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।

काठमाडौँ जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता