Logo

निर्वाचनका लागि माधव नेपालले सम्हाल्दैछन् यस्तो मोर्चा



काठमाडौ । नेकपा (एस) ले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन समिटीको नेतृत्व आफै अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शनिबार र आइतबार केन्द्रीय सचिवालयको बैठक बसेको थियो । सो बैठकले अध्यक्ष नेपालको नेतृत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो । उक्त कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्य, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारी रहने जनाइएको छ ।

नेकपा (एस) ले जारी गरेको सूचना अनुसार महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता