Logo

एनआरएनमा राजनीति घुस्यो भन्दै महाधिवेशन स्थलमै विरोध प्रदर्शन



काठमाडौ । काठमाडौमा जारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औं महाधिवेशन स्थल अगाडी विरोध प्रदर्शन भएको छ । लामो समय देखि विवादमा रहेको एनआरएनको यो महाधिवेशन अवैधानिक भन्दै एउटा समुहले विरोध प्रदर्शन गरेको हो । गत चैत ९ गते नै एक समुहले १० औं महाधिवेशन सम्पन्न गरेर विनोद कुँवर अध्यक्ष रहेको १२ सदस्यीय कार्यसमिति निर्वाचित गरिसकेको छ ।

काठमाडौमा शनिवारवाट कुमार पन्त अध्यक्ष रहेको गैर आवासिय नेपाली संघको आयोजनामा महाधिवेशन सुरु भए पछि अर्को समुहले महाधिवेशन स्थल अगाडी ब्यानर र प्ले कार्ड बोकेर विरोध गरेको हो । यस अघि निर्वाचित रहेको कुँवर अध्यक्ष रहेको समुहले जारी महाधिवेशनलाई गैरकानुनी भनेको छ । चैत ८ गते परराष्टै मन्त्रालयले बोधार्थ सम्बोधन गरी पठाएको पत्रका आधारमा शेष घले संरक्षक रहेको परिषद्ले १० औं महाधिवेशन सम्पन्न गरेको थियो । चैत ९ गते संरक्षक परिसद्ले आयोजना गरेको महाधिवेशनमा पन्त नेतृत्वमा रहेको असन्तुष्ट समुह सहभागी भएन । सोही समहुले शनिवार फेरी १० औं महाधिवेशन गरेको हो ।

घले समुहले एनआरएनमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाएको छ । सो समुहले आइतवार एक विज्ञप्ती जारी गर्दै विधान र कानुन विपरित गरिएको महाधिवेशन आफुहरुलाई मान्य नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता