Logo

पीडित बालिकाको बयान, ‘विवाह गर्छु भन्दै पलले ज बरजस्ती करणी गरे’



काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ । बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीवि रुद्ध मंगलबार मुद्दा दायर भएको हो ।

यसअघि उनीबिरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो । तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।

पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबरजस्ती करणी गरेको बयानका क्रममा बताएकी छन् । पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता