Logo

काठमाडौ सहित ११ जिल्लामा फैलियो बर्डफ्लु, मानिसमा सर्न सक्ने



 

काठमाडौं । काठमाडौं लगायत मुलुकका ११ जिल्लामा अहिले बर्डफ्लु पुष्टि भएको छ । अहिले फैलिएको वर्डफ्लु मानिसमा पनि सर्ने प्रजातीको भएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । सुरुमा काठमाडौको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा देखिएको बर्ड फ्लु अहिले ११ जिल्लामा फैलिएको हो ।

गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।

त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको ९एच ५ एन १ एभिएन एन्फ्लुएन्जा० प्रजाति पहिचान भएको हो । यो प्रजाती मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् । नेपालमा अहिले सम्म बर्ड फ्लुवाट एक जनाको निधन भएको छ । सन २०१९ मा एक युवकको निधन भएको हो ।

नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बर्डफ्लुको एच ५ एन १ एभिएन इन्फ्लुएन्जा प्रजाति मानिसमा पनि सर्न सक्ने भएकाले घरपालुवा पक्षीको हेरचाहमा खटिने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा गएको वर्ष माघमा पनि बर्डफ्लु देखिएको थियो । सो समयमा एच ५ एन एट प्रजातिको बर्डफ्लु देखिएकाले मानिसका लागि जोखिम थिएन तर अहिले फैलिएको बर्ड फ्लु भने मानिसमा पनि सर्न सक्ने बताइएको छ । मानिसमा सरेमा यसको मृत्युदर ६० प्रतिशतसम्म हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता