Logo

भोलीको संसद बैठक विशेष हुने, सरकारले एमसीसीका बारेमा गर्यो यस्तो तयारी



 

काठमाडौ । प्रतिनिधिसभाको भोलि बस्ने बैठक विशेष हुने भएको छ । भोलीको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेका कारण विशेष हुने भएको हो । सरकारले त्यसको पुरा तयारी गरेको छ ।

फागुन ८ गतेको बैठकमा टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने प्रस्ताव भोलिको बैठकको कार्यसूचीमा राखिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । एमसीसी टेबल हुँदा भने शर्मा विरामी परेको वहाना बनाएर संसदमा उपस्थित भएनन् ।

तत्कालिन नेकपाको सरकार हुँदा शर्मा एमसीसीको विपक्षमा थिए । तर अहिले आफै अर्थमन्त्री भएको बेलामा संसदमा टेबल गर्नुपर्ने भएपछि उनी संसदमा विरामीको बहाना बनाएर अनुपस्थित भएका थिए । उनी अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पेश गरेका थिए ।

एक बजे बस्ने संसदको बैठकअघि विहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा एमसीसी सम्झौतालाई छलफलमा लाने कि नलाने, कसरी लाने भन्ने विषयमा सबै दलका सचेतकमार्फत सभामुखले सहमति खोज्नेछन् ।

फागुन १६ को समयसीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा सम्वाद अगाडि बढाउँदै त्यअगावै पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता