Logo

मन्त्री झाँक्रीले मानिनन् गृह मन्त्रालयको निर्देशन मन्त्रालय सम्भालेको १०० दिनमा के के भयो ( भिडियो हर्नुस्)



 

काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृहमन्त्रालयको निर्देशनको अपहेलना गरेकी छन् । कोभिडको बढ्दो संक्रमण दरका कारण अन्य मन्त्रालयले कार्यक्रम स्थगित गर्दा मन्त्री झाँक्रीले भने भिड जम्मा गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेकी हुन् । उपत्यकाका तीन सिडियो कार्यालयले संक्रमण उच्च रहेको भन्दै २५ जना भन्दा बढी सहभागी नहुन निर्देशन गरेको छ । तर मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा एक सय भन्दा बढी सहभागी भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का ४० जना कर्मचारीमा कोभिड देखिएको छ । केही मन्त्री आफै संक्रमित भएका छन् । यस्तो बेलामा मन्त्रालयले पत्रकार सम्मेलन लगायतका सार्वजनिक कार्यक्रम बन्द गरेका बेला मन्त्री झाँक्रले भने भिड जम्मा गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।

मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएको बताइएको छ । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता