Logo

मृ त अवस्थामा फेला परेका एसएसपी यादव कस्ता थिए ?  उनको मृत्युको खबरले आफन्त चकित्



 

काठमाडौ । केही दिन अघि कारवाहीमा परेका नेपाल प्रहरीका एसएसपी विहिवार सरकारी निवासमा मृ त फेला परे । नेपाल प्रहरीका एसएसपी रहेका सुशीलकुमार यादव नवलपरासीका स्थायी बासिन्दा हुन् । सानैदेखि शारीरिक व्यायाममा ध्यान दिने उनी मामा ध्रुवबहादुर प्रधानको प्रेरणाले प्रहरीमा भर्ती भएका थिए ।

यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे ।

‘अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पी डा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने । आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो । प्रहरीले घटनाको अनुसन्धान बढाइरहेको छ । उनी कारवाहीमा परेको बताइएको छ । तर के कारणले हो भन्ने खुलेको छैन ।

जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झु ण्डि एको अवस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

=

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता