Logo

समाजसेवी भक्त भण्डारीले पाए नेपाली समाज टेक्ससको बोर्ड अफ ट्रष्टीको संयोजकको जिम्मेवारी



टेक्नेसास अमेरिका । नेपाली समाज टेक्ससको बोर्ड अफ ट्रष्टीको संयोजकको जिम्मेवारी भक्त भण्डारीलाई दिइएको छ । समाजको २२ डिसेम्बर २०१८ मा सम्पन्न साधारणसभाले बोर्ड अफ ट्रष्टीको अवधारणा ल्याएको थियो । समाजको बोर्ड अफ ट्रष्टीको पहिलो संयोजकको रुपमा चयन भएका सुमन थापाले सो संयोजकको जिम्मेवारी भण्डारीलाई दिएका हुन् ।

थापा समाजको निवर्तमान अध्यक्ष हुन् भने भण्डारी निवर्तमान महासचिव हुन् । सबै बोर्ड अफ ट्रष्टी सदस्यहरुसँगको छलफल पछि ट्रष्टी समितिलाई पूर्णता दिने भण्डारीले बताए । समाजको दिर्घकालिन महत्वको योजना तर्जुमा गर्न, आर्थिक रुपमा समाजलाई बलियो बनाउन र समाजको निम्ति भौतिक पूर्वाधार निर्माण गर्नका लागि ट्रष्टीले भूमिका खेल्ने गरी २०१८ मा सम्पन्न साधारणसभाले ट्रष्टीको अवधारणा ल्याएको थियो ।

एक अर्थमा कार्यसमितिको कार्य नियमित जस्तो हुने हुँदा कार्यसमितिलाई बल पुग्ने र समाजको भविष्यलाई अझ प्रगाढ बनाउने हेतु अभिभावकीय रुपमा ट्रष्टीले काम गर्ने बताइएको छ । समाजको नयाँ कार्यसमितिको निर्वाचन भने यही डिसेम्बर २६ मा हुने कार्यतालिका निर्वाचन समितिले प्रकाशित गरेको छ । आसन्न निर्वाचनका लागि राजेन्द्र वाग्ले र कमल सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने महासचिव पदमा सन्देश उप्रेती रआइसा ओझाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता