महामन्त्री विश्वप्रकाश अब कांग्रेसको प्रवक्ता रहेनन्
काठमाडौ । महामन्त्रीमा विजयी भएका नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारी छोडेका छ् । उनले आफु अब आजवाट प्रवक्ताको जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
“जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,” उनले भने,“त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ । सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएँ ।” उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका हुन् ।
यो पनि नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । पार्टीको विधानमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो । जसमा शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३८३६ मत ल्याएका छन् ।