Logo

इसेवाबाट अनलाईन टिकट बुक गर्ने गर्नुहुन्छ ? एकै पटकमा ३ हजार रुपैयाँसम्म ठगिए यात्रु



एउटै दूरीको हवाई भाडा ई–सेवाबाट दोब्बर महङ्गो पाइएपछि ग्राहकहरुले इसेवालाई रोक लगाउन माग गरेका छन् । तारा एयरले जुम्लाबाट नेपालगञ्जका लागि तय गरेर आफ्नो अनलाइनमा राखेको भाडा दर र इसेवाको भाडा दर फरक परेको हो । यसरी वितरण गरिएको टिकटको मूल्य फरक परेपछि ठगिएको भन्दै तारा एयरको ई–सेवा सञ्चालनमा रोक लगाउनुपर्ने यात्रुले माग गरेका छन् । हरेक चारवटा सिट अनलाइन बुकिङका लागि छुट्याएको तारा एयरका जुम्ला स्टेशन प्रमुख दीपक भट्टचन्दले बताए ।

उनका अनुसार टिकट बुकिङ गर्दा रु आठ हजार ८३० भाडा लिएको पाइयो । किन र कसरी भयो भन्ने थाहा छैन । तर टिकट बुक गर्दा ध्यान पु¥याउन भनेका छौँ । हालसम्म करिब १२ जना जतिले ई–सेवाबाट रु आठ हजार ८३० भाडा तिरिसकेका छन् । सिस्टमले लिइसकेपछि फिर्ता गर्न पनि सम्भव नरहेकाले ई–सेवाबाट टिकट नलिन उनले सुझाव दिए ।

तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै का ट्छ । यसरी बितेको एक महिनामा हेमन्त घिमिरेजस्तै जुम्लाबाट नेपागञ्जका लागि उडान भर्ने करिब १० देखि १२ यात्रु तारा एयरको ई–सेवाबाट ठगिएको पाइएको छ । सोमबार मानवअधिकार आयोग, चन्दनाथ नगरपालिका र पत्रकार महासङ्घद्वारा सेवा प्रवाहको अवस्थाबारे गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले तारा एयरको ई–सेवाबाट यात्रु ठगिएको विषयमा पत्रचार गरिसकेको बताए । उनले भने,“ई–सेवा भारतबाटै लन्च भएको हुनसक्छ । सफ्टवेयरमा पनि समस्या छ । टिकट बुकिङ गर्दा सिटिजनसीप आउँदा नेपाली छनोट गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता