Logo

मैले सभापतिमा हारेँ भने प्रधानमन्त्रीवाट पनि हटाउँछन् त्यसैले मलाई जिताउनुहोला : देउवा



 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्नै पर्ने बताएका छन् । महाधिवेशन उद्घाटन सत्रमा पनि आफुले ओलीको सासनवाट जनतालाई मुक्त गरेकाले आफुलाई भोट दिएर फेरी सभापति बनाउन अनुरोध गरेका देउवाले कार्यकर्तासंग भोट माग्ने क्रममा पनि सोही कुरा दोहोर्याएका छन् ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उनले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका हुन् । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गरे ।

उनले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने र प्रधानमन्त्रीवाट समेत हटाउने भएकाले सभापतिमा जित्नै पर्ने दवाव रहेको बताए । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

यस्तै, उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता