Logo

काँग्रेस कार्यकर्ता सम्मेलन चल्दै गर्दा ठाउँको ठाउँ बेहोस भएपछि………



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर ल डे का महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।

शुक्रवार नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन भएको थियो । उक्त कार्यक्रममा सबै राजनैतिक दलका नेताहरु पुगेका थिए । तर नेताहरुबिच एक अर्का प्रति हार्दिकता त देखिएन नै एक जना नेताले गरेको भाषण अर्काले सुन्ने धैर्यता पनि गरेनन् । केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही बेर बसे भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने तत्काल मञ्च छाडेर हिँडे । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा समेत बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओली भन्दा पहिला प्रचण्ड र नेपालको भाषण गर्ने पालो परेका कारण ओली बस्न बाध्य भए । तर ओलीले भाषण गर्न थालेपछि नेपाल सुरुमै उठेर हिँडे तर प्रचण्ड भने केही बेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता