करिश्मा र ओलीबीच के कुरा भयो ? कोमल ओलीले गरिन् खुलासा

काठमाडौ । केही दिन यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी सदाबहार नायिका करिश्मा मानन्धरले ओलीलाई भेटेकी छन् । एक दिन अघि अवश्य भेट्नेछु बा त्यसै बा भएका होइनन् भन्दै लेखेकी करिश्माले भेटेकी हुन् ।
करिश्मा संग चर्चित हास्य कलाकार जितु नेपाल र कोमल ओली पनि पुगेका थिए । करिश्माले सामाजिक सञ्जालमा मार्फत ओलीलाई भेटेको खुलाएकी हुन् । उनले बुधबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। साथमा गायिका एवं एमाले सांसद कोमल वली पनि थिइन्। भेटमा सहभागी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।