Logo

ललितपुरमा पतिलाई सन्सारबाटै बिदा गर्न पत्निले दिइन् ५० हजार सुपारी, प्रहरीले यसरी पत्ता लगायो रहस्य



पतिलाई सन्सारबाटै विदा गर्न पत्निले नै सुपारी दिएको कुरा धेरैलाई अनौठो लाग्न सक्छ । तर यस्तै घटना भएको छ । केही समय अघि ललितपुरको गोदावरी नगरपालिका ७ मा एक पुरुषको शव भेटिएको थियो । प्रहरी अनुसन्धानपछि उक्त घटना उनकै श्रीमतीले गराएको खु्लेको छ । गत असोज ११ गते स्थानीय खोल्सामा वाग्मती गाउँपालिका घर भएका २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो ।

अहिले प्रहरीले उनकी श्रीमती २८ वर्षीय रजीना भोलुन, साढु भाइ ज्ञान कुमार सिंतान, २५ वर्षीय साली सुनिता सिंतान र राजकुमारको साथी लक्ष्मी ब्लोन भन्ने म्याक्सी माया भोलनलाई पक्राउ गरेको छ । श्रीमानले कु ट पि ट गर्ने गरेपछि श्रीमतीले ५० हजार रुपैयामा श्रीमान मार्ने सुपारी दिएको खुलेको छ ।

चार जनाको योजनामा यो घटनामा गर्न मनोज सार्कीलाई प्रयोग गरिएको थियो । उनलाई ५० हजार रुपैयाँ दिएर घटना गरेको अनुसन्धानमा खुलेको छ । श्रीमान् लाई सन्सारबाट बिदा गर्न आफ्ना नातेदार समेत सहभागी गराएर यस्तो घटना गरेपछि सबै अचम्म परेका छन् । प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता