अछाममा जन्तीको जीप दुर्घटना स् ४ जनाको मृत्यु १४ जना घाइते

काठमाडौ । अछाममा जन्तीको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते भएका छन्।
दुर्घटना आइतवार अबेर राती भएको हो । विवाहको जन्ती बोकेको जिप दुर्घटनामा परेको हो । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप केही जन्ती बोकेर विनायक बजारतर्फ फर्किदै गरेको बेलामा दुर्घटना भएको हो ।
घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याइएका १३ जना घाइतेमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र बाँकीको उपचार भइरहेको छ। जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल ख सेको छ। फाइल तस्बिर