Logo

पुल्चोकमा रहेको सुमेरु सहकारीले बचत कर्ताको पैसा दिन नसक्दा भयो लफडा



ललितपुर । पुल्चोकमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताहरूले दशैंको बेला सहज रुपमा पैसा झिक्न नपाएको भन्दै गुनासो गरेका छन् । आइतबार सुमेरुमा निक्षेपकर्ताहरुको भिड निकै नै रहेको जनाइएको छ । बाहिर सम्मै भिड बढेपछि व्यवस्थापनलाई समेत तनाब भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

“आफुलाई आवश्यक परेकोले जम्मा गरेको रकम निकाल्न आएको तर आलटाल गरेर पैसा नभएको जस्तो कुरा गरेको छ ।” एक निक्षेपकर्ताले बताए । तथापि ब्यवस्थापन स्रोतले कुनै समस्या नभएको जनाएको छ । तर निक्षेपकर्तालाई दु:ख दिएको दिनभर जसो सास्ती खेप्न परेको गुनासो भने गरेका छन् ।

चाडबाड नजिकिदै गर्दा बैंक, सहकारी र वित्तीय संस्थाहरूमा ग्राहकहरुको बाक्लो भिड लाग्ने गर्दछ । नाम उल्लेख नगर्ने सर्तमा एक बचतकर्ताले भने “सुमेरुले बचतकर्तालाई आकर्शित गर्न १६ देखी २० प्रतिशत दिने गरेको छ त्यस्तै सेवा शुल्क ३ प्रतिशत सम्म लिने गरेको छ ।”

त्यस्तै कर्जा लागनी गर्दा सदस्यको धितो राजिनामा पास गरेर लिने गरेको र धितो सहकारीको नाममा नभई अध्यक्ष भरत महर्जनले स्वयम आफ्नो नाम वा आफन्तको नाममा पास गर्ने गरेको स्रोतको भनाइ छ । सुमेरु ग्रुपका नाममा बिभिन्न कारोबार भए पनि बार्षिक प्रतिवेदनमा सुमेरु ग्रुपको कुनै पनि लगानी देखिदैन ।

सुमेरु सहकारीका अध्यक्ष भरतराज महर्जन हुन् । महर्जनको यो सहकारीका विषयमा विभिन्न आशंकाहरू जन्मिएका छन् । सुमेरु ग्रुपअन्तर्गतको यो सहकारीको लगानी अपारदशी रहेको आरोप छ । इच्छाराज तामाङको सहकारीमा पनि कागजातमा हिसाब–किताब दुरुस्त थियो । पछि अनुसन्धान गर्दा लगानी नियम विपरित भएको पाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता