Logo

सुमेरु सहकारी संस्थाका अध्यक्ष भरत महर्जनको कमाउ धन्दा, यसरी गर्छन् सहकारीको रकम हिनामिना के पर्लान त सीआईबीको नजरमा ?



काठमाडौं, २२ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) यती बेला निकै सक्रिय देखिएको छ । केही दिन अघी सहकारीको नामुद ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।

ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड पुल्चोक ललितपुर माथि पनि अनुसन्धान गर्नुपर्ने माग उठ्न थाले पछी सीआई बीको नजर त्यता पनि परेको स्रोतले जनाएको छ । तथापी रुमेरुका अध्यक्ष भरत महर्जन हुन् । महर्जनले को–अपरेटिभको पैसा कसरी खर्च गरेका छन् ? भनेर बेलाबेला प्रश्न उठ्ने गरेको छ । महर्जनले सुमेरु ग्रुपका नाममा ११ वटा संस्था चलाउँदै आएका छन् ।

महर्जनको सहकारीले निक्षेपकर्ताको पैसा संकलन गरेर उनीहरूलाई लगानी गर्ने मात्रै अधिकार छ । अध्यक्ष महर्जनले सहकारीको पैसा कागज मिलाएर आफ्नो ग्रुपमा लगानी गरेको आरोप छ । हुन त सहकारीको अडिट रिर्पोटमा सहकारीको पैसा ग्रुपभित्र लगानी गरेको देखिनै ।

ब्यालेन्ससिटमा सुमेरु ग्रुप भनेको छ । त्यसमा सेयर लगानी गरेको देखिदैन । सम्पूर्ण रकम विभिन्न कम्पनी देखाएर (कृतिम) कर्जा गरेको पाइएको छ । ग्रुप अफ सुमेरु भनेर लोगो राखेको छ । ती कम्पनीहरू अध्यक्ष महर्जनले एकाघरको नाममा दर्ता गरेर लगानी गरेको देखिन्छ ।

निक्षेपकर्ताहरूलाई १६ प्रतिशतभन्दा धेरै ब्याजदर प्रदान गरि रकम संकलन गरेर विभिन्न कम्पनीहरूमार्फत रकम प्रयोग गर्ने गरेको आरोप सुमेरु सहकारीलाई लागेको छ ।

सुमेरु सहकारीले वार्षिक प्रतिवेदन सेयर सदस्यहरूलाई सार्वजनिक नगरेको गुनासो छ । सुमेरुको कारोबारप्रति निक्षेपकर्ताहरू सशंकित बनेका छन् ।

इच्छाराज तामाङको सिभिलमा पनि शुरुमा सहकारीले लगानी गरेको कुरा देखिएको थिएन । सरोकारवाला निकाय र सीआईबीले अनुसन्धान गरेपछि सिभिलको लगानी र हर्कतहरूको भण्डाफोर भएको थियो ।

सहकारीको नाममा चलाइएका संस्थामध्ये सुमेरु हस्पिटल प्रालिमा दर्ता छ । अरु थुप्रै संस्था पनि प्रालिमा छन् । सहकारीबाट चल्ने हो भने प्रालि लेख्न पाइँदैन ।

सहकारीबाट ती संस्थामा अध्यक्ष महर्जनले सहकारीको पैसा दुरुपयोग गरको हो कि भनेर प्रश्न उठेका छन् । सहकारीका ठगी काण्ड बाहिर आएका बेला सुमेरुमाथि अनुसन्धान गर्नुपर्छ भनेर बचतकर्ताको माग जायज रहेको चर्चा छ ।

महर्जनले सहकारीको रकम कहाँ र कसरी लगानी गरेका छन् ? त्यसको जानकारी दिनुपर्ने भनेर निक्षेपकर्ताहरूको माग छ ।

सुमेरुले सुमेरु ग्रुपका नाममा सहकारी, अस्पताल, मेडिकल कलेज, सुमेरु प्रिन्टिङहाउस, सुमेरु हाउजिङ लगायतका संस्था चलाएको छ । सुमेरुको लोगोहरूमा सबैभन्दा अगाडि महर्जनले सहकारीलाई राखेका छन् । उनको यो सहकारीले ठूलो लगानी गर्न पाउँदैन । महर्जनको सहकारीले बचतकर्ताको पैसा जम्मा गरेर उनीहरूलाई नै लगानी गर्नुपर्छ ।

लगानीका विषयमा उठेका जिज्ञासाका बारेमा सहकारीका प्रमुख हेमराज दाहालसँग बिहीबार जानकारी लिन ३/४ पटकसम्म सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

इच्छाराज तामाङले पनि सहकारीको पैसा हाउजिङ, जग्गा लगायतका स्थानमा लगाएका थिए । त्यहिँबाट उनको पतन शुरु भएको थियो । समाचार दैनिक नेपाल ले सम्प्रेशण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता