पोखरामामा किशोरीको शंकास्पद मृत्यु, प्रहरीले फेला पार्यो श्रीमानले लेखेको यस्तो ‘नोट’

काठमाडौ । विवाह गरेको एक वर्ष नपुग्दै पोखरामा एक किशोरी कोठामा मृ त फेला परेकी छन् । अचम्म त के भने कोठामा प्रहरीले अनुसन्धान गर्दा उनका श्रीमानले लेखेको नोट फेला परेको छ । उनका श्रीमान भने सम्पर्क विहिन छन् । नोटमा अब आफु बाँच्नुको कुनै अर्थ नरहेको भन्दै सेती नदीमा गएँ भएर लेखेका छन् ।
पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाहको शव फेला परेको हो । उनको गत वर्षको भदौमा विवाह भएको थियो । वरपरकाले उनीहरुको कोठावाट अनौठो गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा शाहको शव देखेका हुन् । उनको शव खाटमा थियो ।
प्रहरी टोलीले कोठाको ढोका फोरेर हेर्दा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको नोट फेला पारेको छ । जसमा उनले अब आफु पनि नरहने निर्णय गरेको लेखेका छन् । अब म सेती नदीमा गएँ उनले लेखेका छन् । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झु न्डि इ रहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् । श्रीमतीको खुशीका लागि आफुले जति दुख गरेपनि कहिल्यै सुख पाउन नसकेकाले यस्तो निर्णयमा पुगेको उल्लेख गरेका छन् ।
कोठामा चिट लेखेर सम्पर्क विहिन भएका उनका श्रीमानको प्रहरीले खोजी सुरु गरेका छन् । तर शाहका माइतीले घटना रहस्यम भन्दै अनुसन्धान गर्न माग गरेका छन् । निरुताका बुबा नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । नन्दबहादुरले आफ्नी छोरीलाई यो अवस्था गराउने ज्वाई नै भएको दावी गरेका छन् । निरुता र गणेशबीच २०७७ भदौमा प्रेम विवाह भएको थियो ।