Logo

काठमाण्डौंको कपनबाट हराएका चार बर्षिय बालक एकाएक कसरी पुगे भारत



काठमाण्डौंको कपनबाट हराएका एक बालक एकाएक भारत पुगेको पाइएको छ । उनको उमेर चार बर्षको मात्र छ । उनलाई कसैले अ प ह र ण गरिएको हुनसक्ने बताइएको छ । त्यस्ता ब्यक्तिले ती बालकलाई भारतको बिहारमा पुर्‍याएको पाइएको प्रहरीले जानकारी दिएको छ। ती बालक हराएको थाहा पाएपछि भारतीय प्रहरीसमेतको सहयोगमा खोजी गर्ने क्रममा बिहार पुर्‍याइएको पाइएको हो ।

भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे देखि हराएका थिए । पियुस सोमबार ठूलोबुवा मिठु शर्माको टहराबाट बाटै हराएको उनका परिवारले जानकारी दिएका थिए ।

उनीहरुसँगै अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक लगेको देखिएको प्रहरी अनुमान छ। बालकलाई भारत पुर्‍याउने दासलाई नियन्त्रणमा लिएर नेपाल ल्याइ अनुसन्धान गरिने भएको छ। घटनामा संलग्न भनिएका दास दुवैको घर भारत रहेको प्रहरीले जनाएको छ । बालकको भारत बिहार मधुवनी घर हो भने दासको बिहार वैशाली हो। प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता