Logo

वर्षमान पुनलाई यस्तो वंशानुगत रोग देखियो, उपचारका लागि थाइल्याण्ड लैजाने तयारी



 

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन्। जण्डिसको वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन्। काठमाडौमा उपचार गराइरहेका उनका परिवारले उपचारका लागि बाहिर लैजाने निर्णय गरेका हुन् ।

सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार विदेश उपचारका लागि लैजान लागिएको हो । उनलाई बुधवार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजाने तयारी गरिएको छ । उनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ।

४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए। यस अघि बैंककमै उपचार गरेका पुनलाई फेरी उतै लगिन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता