Logo

आज मन्त्रीपरिषद्ले पूर्णता पाउँदै, यसरी मिलाइयो मन्त्रालयको भागवण्डा



काठमाडौं । प्रधानमन्त्री बनेको लामो समय पछि शेरबहादुर देउवाले मंगलवार मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारका काम समेत प्रभावित भएका छन् भने विपक्षीको विरोध पनि कायम छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग यसअघि पनि पटक पटक यसबारे छलफल गरेको भएपनि मन्त्रीको नाम अन्य दलले दिन नसक्दा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको थिएन । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने छ ।

यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाउने कानुनी व्यवस्था छ । नयाँ अध्यादेशअनुसार दर्ता भएका एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि सरकाले अध्यादेश फिर्ता लिएको हो ।

त्यसैगरी अध्यादेशमा अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्च अदालतको फैसलाले पनि मन्त्रिपरिषद बिस्तारको बाटो खुलेको हो । मन्त्रिपरिषदले गत भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता