Logo

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला



 

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको र ड घो पिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताउनुभयो । “धानबाली खानेक्रममा स्थानीयवासीले र ड घो पेर म रेको अनुमान गरेका छौँ”, बराललले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा र ड घो पिएको कारण भित्री चो ट लागी आइतबार राति सो गैँडा म रेको भए पनि सोमबार मृत भेटिएको बरालले बताउनुभयो ।

“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला प¥यो”, उहांँले भन्नुभयो । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८र७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा म रिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता